अनेसासद्वारा ह्यारी भण्डारीलाई शुभकामना

इनेप्लिज २०७९ कार्तिक २४ गते २१:१९ मा प्रकाशित

समाचारदाता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले डा. ह्यारी भण्डारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको निर्वाचन क्षेत्र नम्बर ८ को राज्य विधायक सभा सदस्यका लागि हालै सम्पन्न निर्वाचनमा भण्डारी दोस्रो पटक निर्वाचित भएका हुन् ।
अनेसास मेरिल्याण्ड च्याप्टरका संस्थापक अध्यक्षसमेत रहेका अनेसासका आजीवन सदस्य भण्डारी नेपाली साहित्यमा एच.बी. भण्डारीका नामले कलम चलाउने गर्दछन् ।
(प्रेस वक्तव्य )
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!

श्रीमान् ह्यारी भण्डारीज्यू,
राज्य विधायक सदस्य
मेरिल्याण्ड,अमेरिका

अमेरिकाको मेरिल्याण्ड राज्यको राज्य विधायक सदस्यजस्तो गरिमामय पदमा पुन निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ । लामो समय नेपाली साहित्यमा साहित्यकार एच बि भण्डारी’ प्रभातको नामबाट परिचित तपाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मेरिल्याण्ड च्याप्टरको संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । अनेसासलाई आजको विशाल वृक्षको रुपमा फैल्याउनमा यहाँले  गर्नुभएको  योगदान पनि हामीमाझ स्मरणीय छ ।
 सिर्जनात्मक लेखनबाट यहाँले नेपाली साहित्यलाई मलजन गर्ने काम त गरिरहनु भएकै छ यसका साथै नेपाली साहित्यको विश्व-उडानमा यहाँको साथ, सहयोग र प्रत्यक्ष सहभागिताको आशा राख्दै यहाँको गरिमामय पदारोहणको यो शुभ घडीमा सफलताको कामना र बधाई ज्ञापन गर्दछौँ ।

९ सेप्टेम्वर , २०२२

विमला निरौला
महासचिव
 गोवर्द्धन पूजा
अध्यक्ष
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमिति परिवार

प्रतिक्रिया