यो मनले सम्झिएर तिमिलाई……

इनेप्लिज २०७९ कार्तिक १८ गते २१:४३ मा प्रकाशित

यो मनले सम्झिएर तिमिलाई भेटन खोजे
मेरो यो दिलमा सजाएर तिमिलाई राखे

त्यो लामो यात्रा र तिमि सँग भएका कुराकानिहरु
त्यहाँ बसेको त्यो होटल साथमा खाना खाएका पलहरु
यो मनले सम्झिएर तिमिलाई भेटन खोजे
मेरो यो दिलमा सजाएर तिमिलाई राखे

आयौ तिमि भेट भयो मेरो मुहार खुसि भयो
यो मेरो दिलका कुराहरु तिमिलाई सुनाईने भयो
यो मनले सम्झिएर तिमिलाई भेटन खोजे
मेरो यो दिलमा सजाएर तिमिलाई राखे

तिमि सँग रमाएर अंकमाल गरे
अनि छुटिदा आशु झर्यो आशु पछेर बसे
यो मनले सम्झिएर तिमिलाई भेटन खोजे
मेरो यो दिलमा सजाएर तिमिलाई राखे

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया