नहुँदो रहेछ:

रूपेश कार्की (बद्री प्रयास) २०७९ कार्तिक ८ गते ११:१३ मा प्रकाशित

सबैले सवैलाई हेर्ने उस्तै उस्तै  नजर नहुँदो रहेछ,

चोट गहिरदै  गए पछि त, चोटकै   असर पनि नहुँदो रहेछ,

कहिले  मित्रसँग, कहिले दुश्मन सँग डराईयो,

परिआउँदा त  मृत्युको सगँ पनि  डर नहुँदो रहेछ,

नसोचेकै कुरा यसरी पनि भईदिन्छ जिन्दगीमा,

यी आखाँमा भरिएका आँशुका छालहरूकै खबर नहुँदो रहेछ।

टाढैबाट  हेर्दा   सुन्दर  झिलिमिली  देखिएला शहर

तर  जन्मिएको गाउँ-घर जस्तो  शहर नहुँदो रहेछ।

बारम्बार  जीवनमा  उतार- चढाब   आईरहँदा ,

ओठ काँप्नु र नयन रूझ्नुको उत्तर पनि नहुँदो रहेछ।

✍️रूपेश कार्की  ( बद्री प्रयास ) साहित्यकार तथा लेखक

रूपेश कार्की (बद्री प्रयास)

✍️रूपेश कार्की (बद्री प्रयास) साहित्यकार तथा लेखक

प्रतिक्रिया