मायालु शब्दले तिमिले……….

गोबिन्द राज ओझा (राजन) २०७९ कार्तिक ८ गते ९:४१ मा प्रकाशित

मायालु शब्दले तिमिले मलाई बोलिदेउ

सागर भएर फैलन्छु म किनारा भएर आउ    

तिम्रो मुटुमा ठाउँ खोजे तिमि यता सर 

बसन्त ऋतुको मौसममा प्रकृतिलाई हेर

सयौ जुनि सँगै बाच्ने बाचा सम्झेर आउ

सागर भएर फैलन्छु म किनारा भएर आउ

हृदयबाट चोखो माया दिने गर तिमिले   

लगाई हालु माया प्रिति त्यो मनलाई समाल

मेरो माया गर्ने मान्छे माया गरेर बोलिदेउ

सागर भएर फैलन्छु म किनारा भएर आउ 

-गोबिन्द राज ओझा (राजन)

-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया