सपनाहरु त थिए होलान यो………

इनेप्लिज २०७९ कार्तिक २ गते ९:४२ मा प्रकाशित

सपनाहरु त थिए होलान यो जिन्दगिमा मेरा  

साकार कसरि हुने हुन यो जिन्दगिमा         

एउटा लक्ष्य थियो मेरो कहिले पुग्छ थाहा छैन       

कसरी लक्ष्य सम्म पुग्ने कसैले साथ दिदैन

मेरो जिन्दगिका सपनाहरु सम्बोधन कसले गर्ला

लक्ष्य सम्म पुग्न मलाई साथ कसको मिल्ला

केहि गरौ मनले भन्छ सायद भाग्यले गर्न दिदैन

मेरा सपनाहरु पुरा गर्न म आफै सक्षम छैन

सपनाहरु त थिए होलान यो जिन्दगिमा मेरा 

साकार कसरि हुने हुन यो जिन्दगिमा      

   गोबिन्द राज ओझा (राजन)

  दिपायल सिलगढी न.पा.२ दिपायल डोटी 

प्रतिक्रिया