अमेरिकामा किस्ता ,कमाई र कामको कारण दम्पत्ति बीच ईज्जत ,सद्भाव र मायाप्रेम अझ प्रगाढ

इनेप्लिज २०७९ असोज २२ गते १:३० मा प्रकाशित

यो कुरा बाहिर सतहबाट हेर्ने हो भन्ने मजाक जस्तो लाग्न सक्छ । तर घोत्लिएर हेर्ने हो सही लाग्दछ । कसैले सहमति जनाउन पनि सक्दछन । कसैले बिमति जनाउलान । खैर आफू लेखि रहने हुनाले नलेख्ने कुरै भएन ।

साच्चै भन्ने हो भने अमेरिका आएका दम्पत्तिहरु एक आपसमा निश्चय नै ज्यादा माया ,प्रेम,ईज्जत र सद्भाव राख्दछन । हुन् त् मातृभूमि छोड्ने बित्तिकै त्यसमाथि परिवारसंग छुट्टिदा त्यतिकै न्याश्रो लाग्छ । माया आफै पनि बढ्छ ।

हुन् त् मातृभूमि छोड्ने बित्तिकै त्यसमाथि परिवारसंग छुट्टिदा त्यतिकै न्याश्रो लाग्छ ।

झन् जोडी भइ सकेको छ भने कति बर्ष एकल बस्ने हो भन्ने कुराले पिरोल्दछ । कहिले नबिछोडिएको मानिस यसरी घरमा परिवार छोडेर विदेश जानु पर्दा निकै सकस हुन्छ । यस्तो अवस्थामा दम्पत्ति बीच माया ,प्रेम ,सद्भाव र ईज्जत हुनु भनेको बेग्लै कुरा हो ।

तर अमेरिकामा कुरा अर्कै छ । तर अमेरिकामा ३ कारणले यस्तो हुन्छ । यो कुरा निश्चित हो कि अमेरिका आएका नेपाली दम्पत्ति किस्ता ,कमाई र कामको कारण नेपाल भन्दा ज्यादा एक आपसमा ईज्जत ,सद्भाव र मायाप्रेम गर्छन ।

पहिलो किस्ता : किस्ता भन्ने बित्तिकै अमेरिकामा घर किस्ता भन्ने बुझिन्छ । अमेरिकामा यही नै हो सबैको टाउको दुखाई । २-४ बर्ष तिरेर पुग्दैन । ३० बर्ष सम्म बुढेसकालसम्म तिरी रहनु पर्छ । अमेरिकामा यो तिर्नु नपर्ने भएको भए अमेरिका पुगेका नेपालीले नेपालमा सबैले ७ तला सम्म घर बनाउथे ।

तर त्यो त परिकल्पना मात्र हो । घर हेरी किस्ता तिर्नु पर्ने हुनाले दम्पत्तिहरु दुवै मेहनत गरेर घरको मासिक किस्ता तिर्दछन । एक जनाको मात्र जागिर गएमा ठूलो टाउको दुखाई हुन्छ । कसरी तिर्ने भन्ने कुराले ज्यान सुक्छ ,तौल घट्छ ,तनाव हुन्छ र रक्तचाप पनि बढ्छ ।

अमेरिकामा पति पत्नी दुबैले कमाएको पैसाले घर चल्छ । नेपालमा जस्तो एकलले घर चलाउने भन्ने यहाँ सम्भव हुदैन । फेरी हुदै हुदैन भन्ने चाहीहैन ।

हरेक महिना ३० बर्ष सम्म किस्ता जसरी भए पनि तिरी रहनु पर्ने हुनाले पतिले कमाएन भने गाह्रो हुन्छ । यसै गरि पत्नीले पनि कमाईन भने बडो मुस्किल पर्दछ । अर्थात् दुवैले कमाए पछि घरको किस्ता सरल रुपमा तिर्न सकिने हुन्छ । यसो भन्दैमा सबैले यसै गर्छन भन्ने चाहीहैन । एकल पुरुष या एकल महिलाले पनि घर किस्ता तिरी रहेका हुन्छन ।

अर्थात् अमेरिकामा घर किस्ताले दम्पत्तिलाई अझ नजिक ल्याई दिन्छ । किनभने दुवै जना सुनको अन्डा दिने हुन्छन । एकले दिएन भने घर लिलाम हुन् पनि सक्छ । नेपालमा एकल रुपमा पुरुषले कमाई मात्र राखे पुग्ने भएता पनि यहाँ आफ्नी पत्नीले पनि कमाई घर किस्तामा सहयोग गर्ने हुनाले पतिले निकै सद्भाव मायाप्रेम र ईज्जत गर्छन ।

यसरी घर किस्ताको कारण र जसरी पनि घर छिटो सधाउनु पर्ने लक्ष्य तर्फ जाने हुनाले पनि एक आपसमा मेल मिलाप ज्यादा पनि हुन्छ ।

यसै गरि नेपालमा बाबुको धनले मात्तिएको पति ,खेतीपातीमा जीवन गुजारा गरि रहेको या पुर्खौली सम्पत्तिले भुईमा खुट्टा नभएका श्रीमानले पनि कर्म गरेर श्रीमतीलाई दिने र घर धान्ने भएकोले पत्नीले पनि सद्भाव ,प्रेम ,माया र ईज्जत दिने गर्छन । यसरी घर किस्ताको कारण र जसरी पनि घर छिटो सधाउनु पर्ने लक्ष्य तर्फ जाने हुनाले पनि एक आपसमा मेल मिलाप ज्यादा पनि हुन्छ ।

दोश्रो काम : अमेरिकामा दम्पती एक आपसमा इज्जत ,सद्भाव,माया प्रेम किन गर्छन भने पुरुषहरुले नेपालमा कहिले नगरेको काम गर्न सिक्छन । नेपालमा कहिले पनि सिन्को नभाच्ने पति अमेरिका आएर हरेक कुरामा सिपालु हुन्छन । अल्छि पति अमेरिका आए पछि काम गर्न निकै तगडा हुन्छन । पत्नी कामबाट आए पछि सवै कुरा पतिले ठिक्क पारी दिएका पनि हुन्छन ।

अनि पत्नीलाई चमत्कार जस्तो लाग्छ । अनि नेपालमा सिन्को नभाच्ने आफ्नो श्रीमान चुइक्क परेर घरको सबै काम ,छोराछोरीलाई हेरचाह ,बाहिरको काम र किनमेल समेत गर्न निपुण हुन्छन ।

पतिले नजानेको कुरा केही नै हुदैन । पत्नी छक्क पर्दै प्रभु के चमत्कार भो भन्दै अमेरिकालाई धन्यबाद दिने गर्छन । पति लुगाधुने र भाडा मोल्ने काम गर्न पनि निकै निपुण हुन्छन । सबै काम यन्त्रले गरि दिन्छ ।

बच्चाबच्चीको हेरचाह ,बिद्यालय पठाउने ,नुहाई धुवाई गराउने काम पनि अमेरिकाका पुरुषले सिक्दछन । किनमेल आफै गर्न जाने हुन्छन । यसरी नेपालमा श्रीमतीको भर पर्ने पुरुष अमेरिकामा अप्रत्याशित रुपमा सबै कुरामा जागर चलाउने भए पछि पत्नीहरू खुसि र दंग नहुने भन्ने कुरा नै हुदैन ।

नेपालमा आफ्नो पति केही काम नगर्ने बेकामे पतिलाई सधै झर्को र फर्को गर्ने पत्नी यसरी आमूल परिवर्तन भएको देखे पछि गदगद हुन्छन । अनि मायाप्रेम र इज्जत र सद्भाव गर्न कर लाग्ने हुन्छ ।

पति बदलिएको देखेर पत्नी मुसु मुसु हास्ने हुन्छन । पत्नीले मायाले बोलाउने ,प्रेम पुर्वक बोलाउने र श्रद्धा भक्तिले सम्बोधन गर्दछन । त्यसको साथै कही भै बस्ने या रहेको प्रेम अमेरिकाको हावा लागेर कतै छोडेर घरजम अर्कै गर्ने हो कि भन्ने पनि पिर हुन्छ । माया प्रेम बढी पनि गर्दछन । एकल रुपमा भन्दा पनि मिलेर काम गर्ने हुनाले मिलेर काम गर्ने गर्छन । भोज भतेर भएमा पति पत्नी दुवै मिलेर सारा घरका काम गर्छन । दम्पत्ति मिल्दछन ।

तेश्रो दम्पत्तिको कमाई : २१ औ शताब्दीमा पुरुष महिला समान । महिला सशक्तिकरणको कारण अमेरिकामा महिलाको आर्थिक स्थिति निकै राम्रो हुन्छ । अमेरिकामा महिलाहरु कसैको भर पर्दैनन् । स्वावलम्बन हुन्छन ,आश्रित हुने कुरै हुदैन ।

अमेरिकामा कमाउने पर्ने हुनाले दम्पत्ति काम गर्छन । व्यवसाय संचालन गर्छन र आ आफ्नो पेशा गर्छन । किनभने घर किस्ता धेरै हुन्छ । नेपालमा कहिले पनि काम नगरेको महिला अमेरिकामा आए पछि काम गर्छन ।

पुरुषले मात्र कमाएर खुवाउने भन्ने परिपाटी हुदैन । अमेरिका पुगेका महिला त्यतिकै निस्कृय भएर बस्न रुचाउदैनन । कुनै पनि हालतमा काम गर्छन । आफूले कमाएको छुट्टै मजा पनि हुन्छ ।

अमेरिकामा पनि पुरुष आफू कडा मेहनत गरेर घर मै पनि पत्नीलाई सबै चिज पुर्याएर रानी जस्तो गरि राख्ने पुरुष पनि भेटिन्छ । तर समाजको कारण काममा हिड्ने गर्छन । समाजले किन घर मै पत्नीलाई काममा नलगाएको भनि व्यग्य हान्ने पनि गर्छन । अमेरिकामा काम नगर्नेलाई अर्को दृष्टिले हेरिन्छ ।

आफू कुनै ब्यबसाय पनि गर्दिन र पतिले कमाएर दिनु हुन्छ भनियो भने त्यो समाजमा तुच्छ झैँ मानिन्छ । ब्यबसाय र उद्योग गर्नेको लागि भन्ने चाहीहैन । सबै नेपाली महिलाहरु काम गर्दछन । अपबाद बाहेक कही कहि पतिले मात्र कमाएर घर चलाएका हुन्छन ।

त्यसै गरि पुरुषहरु पनि काम नै नगरी पत्नी काममा गएर कमाएर ल्याएर बाल बच्चा हेरेर पनि दिन काट्ने गर्छन । नेपालमा अधिकांश महिलाको तुलना र अत्यधिक रुपमा पुरुषको कमाई हुने गर्छ ।

कुराको चुरो भनेको अर्थ । अर्थात् मुद्रा यस्तो चिज हो ,घरमा ल्याए पछि परिवार दंग हुन्छन । नेपालमा हुदा एकले मात्र कमाउदा हेर्ने दृष्टिकोण अर्को थियो भने अमेरिकामा दुवैले कमाउदा दृष्टिकोण नै फरक हुन्छ ।

अर्थात् मुद्रा यस्तो चिज हो ,घरमा ल्याए पछि परिवार दंग हुन्छन ।

एकको कमाई खाई रहदा नराम्रो लाग्ने गर्छ र स्वाभाविक पनि हो । पतिले सधै पत्नीलाई दिई रहनु पर्ने जस्तो मनमा लाग्ने पति पनि हुन्छन भने सदैव पतिको आश्रित पनि बन्नु पर्ने जस्तो कुरा मन पत्नीको मन भित्र उब्जिन्छ । नेपालको परिप्रेक्षमा ठिक हुन् सक्छ । तर अब समय बदलिएको छ । कुनै पनि महिला यसरी अर्को भरमा बाच्दैनन ।

तर अमेरिकामा दुवैले कमाउनु पर्छ । दुवैले घर चलाउन काम गर्नै पर्छ । अमेरिकामा कमाई को कारण पनि दम्पत्ति बीच सुमधुर सम्बन्ध हुन्छ । कमाईले दुवैलाई नजदिक ल्याई दिन्छ ।

दम्पत्ति नेपाल भन्दा ज्यादा एक आपसमा ईज्जत ,सद्भाव र मायाप्रेम गर्छन ।

प्रतिक्रिया