मातृभूमि फाण्डेशनद्वारा विद्यार्थीहरुलाई नगद सहयोग

इनेप्लिज २०७९ असोज ११ गते २३:३० मा प्रकाशित

विराटनगर,११ असोज । मातृभूमि फाउण्डेशन विराटनगरले गरीव तथा जेहेन्दार विद्यार्थीलाई नगद तथा विभिन्न शैक्षिक सामाग्री सहयोग गरेको छ ।

फाण्डेशनले विराटनगर महानगरपालिका –६ स्थित मर्दशामा अध्ययनरत दुई विद्यार्थीहरुलाई उक्त्त सहयोग उपलव्ध गराएको हो ।

स्थानीय अनिता श्रेष्ठले उपलव्ध गराउनु भएको शैक्षिक तथा नगद रकम उपलव्ध गराएको फाण्डेशनका अध्यक्ष चाँद इराकीले बताउनु भयो ।

फाउण्डेशनले यसअघि कोभिड महामारी, बाढीपीडित र विद्यार्थीहरुलाई सहयोग उपलव्ध गराउँदै आएको छ भने विभिन्न समयमा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष इराकीले जानकारी दिनु भयो ।

समाजमा आवश्यक्त्ता परे अनुसार अभैm रचनात्मक एवं सिर्जनात्मक कार्यक्रम गर्दै लैजाने अठोट रहेको अध्यक्ष इराकीले बताउनु भयो ।

प्रतिक्रिया