विराटनगर,६ असोज । प्रदेश नं १ का सामािजक विकासमन्त्री राजन राईले नेपालमा मानवअधिकार संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि उल्लेखनीय रूपमा सम्बोधन हुनु पर्ने बताउनु भएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले आज यहाँ आयोजना गरेको मानवअधिकारको पाँचौ राष्ट्रि«य कार्ययोजना कार्यान्वयनमा सरोकारवालाहरूको भूमिका विषयक प्रदेशस्तरीय अन्तरक्रियामा उहाँले अहिले पनि महिला, बालअधिकार र दलितको अधिकार सबैभन्दा सम्वेदनशील अवस्थामा रहेको धारणा राख्नु भयो ।
इन्सेक प्रदेश १, प्रमुख सोमराज थापा ,गैरसरकारी संस्था महासङ्घ प्रदेश अध्यक्ष लखन साह, नागरिक समाजका प्रतिनिधि देवी बाँस्कोटा, सामाजिक अभियान्ता दिनेश श्रेष्ठ, वरिष्ठ पत्रकार यज्ञ शर्मा,राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत चिरञ्जीवी कोइरालाले मानव अधिकार राष्ट्रिय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश र स्थानीय सरकारलाई दवाव दिनु पर्ने आवश्यक्त्तता औल्याउनु भयो ।
राष्ट्रिय मानवअधिकार कार्ययोजना प्रभावकारी कार्यान्वयनकालागि सरोकारवाला निकायहरू र नागरिक समाजले संयुक्त रूपमा प्रदेश सरकार र स्थानीय सरकारहरूलाई निरन्तर दबाब दिन आवश्यक रहेको अधिकारकर्मीहरूले छलफलको निश्कर्ष रहेको छ।
प्रतिक्रिया