जता हेरे पनि मेरो नजरमा………….

गोबिन्द राज ओझा (राजन) २०७९ असोज ३ गते १०:०२ मा प्रकाशित

जता हेरे पनि मेरो नजरमा तिमि घुमिरहेकि छौ        

चारैतिर नजर घुमाउदा पनि यि नयनमा तिमि देखिन्छौ

यो श्रृष्टीमा जता हेरे पनि तिमिमा नै नजर जान्छ

जता हेरे पनि मेरो नजरमा तिमि घुमिरहेकि छौ

मेरो मन ,मस्तिकमा तिमि नै बसेकि छौ

मैले के भन्नु छ सबैको लागि मायालु छौ

तिमिले लेखेको गित गाएर यहाँ बस्छौ

मेरो नजरमा तिमि साह्रै दयालु पनि छौ 

मेरि मायालु भएर मेरो मनमा डेरा गर्छौ

यो दुनियामा तिमि सबैको लागि प्यारी छौ

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल         

प्रतिक्रिया