अमेरिकामा हरिभक्त कटुवाल स्मृति दिवस मनाईंदै

इनेप्लिज २०७९ भदौ १६ गते २१:१५ मा प्रकाशित

सन् २०१४ मा अमेरिकाको भर्जिनियामा विधिवत् स्थापित अमेरिका नेपाल साहित्य प्रतिष्ठानले यही सेप्टेम्वर ९ शुक्रवार नेपाली साहित्यका मूर्धन्य कवि तथा गीतकार हरिभक्त कटुवालको स्मृति दिवसको आयोजना गर्ने भएको छ ।

भारतको असम राज्यको डिब्रुगडमा विसं १९९२ असार १८ गते जन्मेका कटुवालका कविता, कथा, खण्डकाव् एबम् गीतका पुस्तकहरु प्रकाशित छन् ।
सर्वप्रथम नेपाली साहित्य संस्थानले झापामा आयोजना गरेको साहित्य सम्मेलनमा नेपाल आएका उनी त्यसैवेला चर्चित भएका थिए र उनको लेखनको उत्कर्ष नेपाल वसाइकै क्रममा भएको थियो । उनको “यो जिन्दगी खै के जिन्दगी” निकै उत्कृष्ट मानिन्छ ।

स्वर सम्राट नारायण गोपालले गाएको “पोखिएर घामको झुल्का …” उनकै गीत हो जुन एक समय हरेकले गुनगुनाउने गर्थे ।

उनको देहान्त विसं २०३७ साल भदौ २५ गते डिब्रुगढ अस्पताल असममा भएको थियो ।

उनका साहित्यिक योगदानको चर्चा, उनका रचनाहरुको वाचन तथा उनको स्मरण प्रस्तुत गरेर स्मृति दिवस मनाईने अमेरिका नेपाल साहित्य प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया