नेपाली चलचित्र ‘झिङ्गे दाउ’ को प्रथम प्रदर्शन काठमाडौँमा

इनेप्लिज २०७९ भदौ १५ गते २२:४८ मा प्रकाशित

तस्बिर कृतज्ञता : समृद्ध आर श्रेष्ठ

नेपाली चलचित्र ‘झिङ्गे दाउ’ को प्रथम प्रदर्शन काठमाडौँमा भएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको उक्त चलचित्रमा केकी अधिकारीलाई भिन्न भूमिकामा देख्न सकिन्छ ।

उक्त चलचित्रमा अभिनेत्री आँचल शर्माको पनि भूमिका रहेको छ । चलचित्र ‘झिङ्गे दाउ’ आगामी ३१ भदौमा प्रदर्शन गर्ने लक्ष्य रहेको छ । सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्र ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।

चलचित्रमा अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्मा रहेका छन् । चलचित्रमा अभिनेता मुकुन भुसालको समेत मुख्य भूमिका रहेको छ ।

‘कपनगडी सिनेमा’ र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्म कथाकार भिमनिधि तिवारीको कथा ‘झिङ्गे दाउ‘मा आधारित रहेको निर्देशक देउजाले बताए ।

प्रदीप भारद्वाजको पटकथा सम्वाद रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । चलचित्रका निर्माता सुलभ, समिक्षा र सुशिल हुन् ।

प्रतिक्रिया