मनसरा सिनेमाको ग्राण्ड प्रिमियर बेलायतमा हुदै !

इनेप्लिज २०८१ वैशाख २३ गते १०:५८ मा प्रकाशित

सुरेन्द्र इङ्नाम – लण्डन ।

यहि आउदो मे ११ शनिवारको दिन गोर्खा वरियर्सको आयोजनामा अभिनेत्री मिरुना मगरको साथ मनसरा सिनेमाको ग्राण्ड प्रिमियर बेलायतको भ्यू सिनेमा फर्नबोरोमा (Vue Cinema Farnborough) बिहान १० बजे हुने भएको छ ।

कबडी फिल्मको ब्यानरमा रहेको यस चलचित्रको प्रोडुसरमा गोर्खा वारीयर्स र शैलेन्द्र डी. कार्की रहेका छन भने कथा र निर्देशन उपेन्द्र “झाक्रि” सुब्बाले गरेका छन ।

ताप्लेजुङ् यूवा समाजको साथमा गोर्खा वरियर्सले प्रिमियर सो पछि १२ तारिख लिम्बुजातिको बाक्लो बस्तिभएको ठाउमा २ सो गर्दै बेलायतको बिभिन्न ठाउहरुमा उक्त चलचित्र प्रदर्शन गर्ने वारीयर्सका सम्योजक पिटर गुरुङ्ले सङ्घीय डट कम लाई जानकारि दिए।

वरियर्सले बिगतमा लूट चलचित्र निश्चल बस्नेत, दयाहाङ् राई प्रियान्का कार्की लगायतका कलाकारहरुलाई उपस्थित गराएर सो गरिसकेको र अन्य धेरै ठुला ठुला लाईभ कन्सर्ट आफ्टर पार्टीहरु गरिसकेको छ ।

गत सालको चलचित्र जारीको अपार सफल्ता पछि वरियर्सको नेपाली सिने जगतको लगानी भने यो दोस्रो हो । उक्त जारी चलचित्रले नेपालमा १०० दिन पार गरेको थियो भने बेलायतमा माग बडे पछि एउटै हलमा ३ पठक सम्म सो गर्नको बाघ्य भएको अर्का सम्योजक अल्बिन सेन्दाङ्ले प्रस्ट्याए ।

अभिनेत्री मिरुना द्वारा अभिनित पहिलो चलचित्र जारी भएपनि बिभिन्न कारणले हलमा आउन ढिलो भएको थियो । सिने जगतमा पहिले देखिनै कथा लेख्दै आएपनि पहिलो निर्देशित चलचित्र जारी दर्शकले अत्याधिक रुचाएर ब्लकबुस्टर भएपछि यस चलचित्रलाई जारीमा भएका कमी कम्जोरिलाई आत्मासाथ गरेर अझै राम्रो कथावस्तु रचेर तयार पारेको र दर्शकलाई निराशा नपार्ने विश्वास लिएको कुरा टेलिफोन वार्तामा निर्देशक उपेन्द्र सुब्बा ”झाक्रि बा” ले ब्यक्त गरेका छन ।

बेलायतको अन्य ठाउहरुमा हुने आगामी सो हरु वा तपाईंहरुको नजिकैको शहरमा आउने या नआउने र टिकटको लागि गोर्खा वारीयर्सको फेसबूक पेज या ईन्स्टामा फलो गरेर जानकारि लिन सक्नुहुनेछ ।

प्रतिक्रिया