अस्ट्रेलियाली प्रहरीद्वारा छुरा प्रहार गर्ने हतियारधारी किशोरलाई गोली हान्दा मृत्यु

इनेप्लिज २०८१ वैशाख २३ गते ११:१२ मा प्रकाशित

अस्ट्रेलियाली प्रहरीले एउटा मानिसलाई छुरा प्रहार गर्ने हतियारधारी किशोरलाई गोली हान्दा मृत्यु भएको छ ।

पश्चिमी अस्ट्रेलिया पर्थको एक उपनगरमा १६ वर्षीय ककेजन किशोर छुराले सशस्त्र भएको खबर प्राप्त भए पछि प्रहरीहरु त्यहाँ पुग्वेको प्रहरी आयुक्त कर्नल ब्लान्चले बताए।

ब्लान्चका अनुसार गत शनिबार राति हिंसात्मक कार्यहरू भै रहेको मानिसहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तुरुन्तै तीन अधिकारीहरू पठाएको थियो ।

जब प्रहरी अधिकारीहरू घटनास्थलमा आइपुगे किशोर ठूलो भान्साको चक्कु बोकेका थिए, ब्लान्चले भने। अधिकारीहरूले उनलाई चक्कु तल राख्न आदेश दिए, तर संदिग्धले अस्विकार गरे । उनलाई टेजर प्रयोग गर्दा पनि उनि वशमा नआए पछि प्रहरीले गोली हाने ,ब्ल्यान्चले भने ।

प्रहरीसँगको भिडन्त हुनुअघि किशोरले एक अधबैंसे व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । ब्लान्चका अनुसार “उनी पछिल्लो दुई वर्षदेखि बिधुतिय संचार माध्यममा कट्टरपन्थीको बारेमा कार्यक्रममा एक सहभागीको रुपमा थिए । छुरा प्रहार गर्ने किशोरको अस्पतालमा मृत्यु भएको छ भने छुरा लागेका व्यक्तिको उपचार भै रहेको सिएनएनले जनाएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले घटनाको सम्बन्धमा आइतवार जारी गरेको विज्ञप्तिमा भने: “हामी शान्तिप्रेमी राष्ट्र हौं र अष्ट्रेलियामा हिंसात्मक अतिवादको लागि कुनै ठाउँ छैन।”

यो घटना गत महिना सिड्नीको एक गिर्जाघरमा पादरीलाई छुरा प्रहार गरेपछि आएको हो।

प्रतिक्रिया