इजरायलले आफ्नो देशमा अल जजिरा बन्द गर्ने

अल जजिराको सञ्चालन इजरायलमा बन्द

इनेप्लिज २०८१ वैशाख २३ गते १२:१४ मा प्रकाशित

इजरायलले आफ्नो देशमा अल जजिरा न्यूज नेटवर्क(समाचार सन्जाल ) बन्द गर्ने भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कतारमा आधारित अल जजिराको सञ्चालन इजरायलमा बन्द गरिने बताएका छन् ।

नेतन्याहुले सामाजिक संजाल एक्समा टिप्पणी गर्दै भने : “मेरो नेतृत्वमा सरकारले सर्वसम्मतिले निर्णय गर्यो: इजरायलमा उत्तेजक संचार माध्यम (च्यानल )अल जजीरा बन्द हुनेछ।”

अरब संसारका लागि प्रधानमन्त्रीका प्रवक्ता ओफिर गेन्डेलम्यानले आइतबार भने कि यो निर्णय “तुरुन्तै लागू हुनेछ।”

गेन्डेलम्यानले सामाजिक सन्जाल एक्समा अल जजिरा सन्जालको बारेमा यस्तो लेखेका छन् , “प्रसारण उपकरणहरू जफत गरिनेछ, संचार माध्यमका संवाददाताहरूलाई काम गर्नबाट रोकिनेछ, अल जजिरालाई प्रसारण तथा भू उपग्रहबाट हटाइनेछ, र अल जजीराका संजालस्थल (वेबसाइट)हरू रोकिने छ ।

उनले नेतान्याहूलाई उद्धृत गर्दै भने: “अल जजीराका पत्रकारहरूले इजरायलको सुरक्षालाई हानि पुर्‍याएको आरोप लगाए ।

अल जजीराले विश्वव्यापी रूपमा यसका कर्मचारीहरूको सुरक्षा र अधिकारलाई पनि खतरामा पारेको बताएको छ ।

नेतन्याहूले राष्ट्रिय सुरक्षाको लागि खतराको रूपमा लिइएको विदेशी सन्जालहरू प्रतिबन्ध लगाउन सरकारलाई अनुमति दिने व्यापक कानून पारित गरेपछि इजरायलमा दूरदर्शन (टेलिभिजन )संचार माध्यम बन्द गर्ने वाचा गरेपछि यो कदम आएको हो।

नयाँ कानूनले प्रधानमन्त्री र सञ्चार मन्त्रीलाई इजरायलमा सञ्चालित विदेशी सन्जालहरू माथि अस्थायी रूपमा बन्द गर्ने आदेश दिने अधिकार दिएको छ।

प्रतिक्रिया