फ्रान्समा उडिरहेको हवाईजहाज भित्रै दुई विमानचालकहरु बीच कुटाकुट भएको कारण दुई विमानचालक निलम्बित भएका छन् । एबिसीन्यूजका अनुसार बिमान चालक बस्ने कक्ष (ककपिट)मा झगडा भएपछि एयर फ्रान्सका २ विमानचालक निलम्बित भएका हुन् ।
हालैका घटनाहरू पछि फ्रान्सेली हवाईजहाज -एयर फ्रान्सका बिमान चालकहरू छानबिनमा परेका छन् । गत जुन महिनामा जेनेभा-पेरिस उडानमा चालक कक्ष (ककपिट)मा शारीरिक रूपमा झगडा पिटापिट गरेपछि निलम्बनमा परेको एयर फ्रान्सका एक अधिकारीले आइतबार भने।
उडान जारी रह्यो र सुरक्षित अवतरण भयो । विवादले उडानको बाँकी भागलाई असर नगरेको उनले बताए ।
स्विट्जरल्याण्डको ला ट्रिब्यूनले उडान भरेको केही समयपछि बिमान चालक र सह बिमान चालक बीच झगडा भएको थियो । एकले अर्कोलाई हिर्काए एकअर्काको कठालो समातेका थिए ।
हवाईजहाजका अन्य चालक दलले हस्तक्षेप गरेका थिए र चालक दलका एक सदस्यले विमानचालकहरूसँग उनीहरु बस्ने कक्ष (ककपिट)मा उडान बिताए भनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया