रौतहटका साहित्यकार सञ्जय साह मित्र नारायणी वाङमय प्रतिष्ठानमा

इनेप्लिज २०७९ भदौ १२ गते १४:२० मा प्रकाशित

रौतहट
भाषा र साहित्यको क्षेत्रमा निकै नै प्रतिष्ठित संस्थाको रुपमा रहेको नारायणी वाङमय प्रतिष्ठानमा रौतहटको साहित्यकार सञ्जय साह मित्र चयन भएका छन् । बज्जिका, नेपाली र हिन्दी भाषामा कलम चलाइरहेका साहित्यकार तथा पत्रकार मित्रको चयन प्रतिष्ठानको साधारण सभाबाट भएको हो । नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय सदस्य तथा मधेस प्रदेश अध्यक्षसमेत रहेका साहित्यकार मित्र नवसर्जक साहित्य चौतारी नेपालका मधेस प्रदेश संरक्षक, बज्जिका साहित्य संगम रौतहटका परिकल्पनाकार तथा रौतहटमा सक्रिय साहित्यकार हुन् । विगत करिब तिन दशकदेखि भाषा, साहित्य र पत्रकारिताको क्षेत्रमा सक्रिय रहेका साहित्यकार मित्रका नेपाली र बज्जिका भाषाका गरी करिब डेढ दर्जन कृति प्रकाशित छन् । मित्रका रचनाहरु नेपाल, भारत र अमेरिका लगायतका देशबाट निरन्तर प्रकाशन भइरहेका छन् । साहित्यकार मित्र गोरखापत्र राष्ट्रिय दैनिकमा बज्जिका भाषाको पृष्ठ संयोजक तथा बज्जी साहित्यिक त्रैमासिकका प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया