रौतहटमा भव्यतापूर्वक मनाइयो लघुकथा दिवस

इनेप्लिज २०७९ भदौ ११ गते १७:२७ मा प्रकाशित

रौतहट

रौतहटमा भव्यतापूर्वक लघुकथा दिवस मनाइएको छ । बज्जिका साहित्य संगम रौतहटले साहित्यकार मोतीराम भट्टको १५७औँ जन्म जयन्तीको अवसर पारेर रौतहटको गरुडामा लघुकथा दिवस मनाएको हो ।

लघुकथाको विकास र विस्तार भइरहेको अवस्थामा रौतहटमा पहिलोपटक लघुकथा दिवस मनाइएको हो । साहित्यकार जीसी हरिको संयोजकत्वमा दुई चरणमा कार्यक्रम गरिएको छ ।

पहिलो चरणमा लघुकथा वाचन तथा लघुकथाको सैद्धान्तिक अवस्था र प्रयोगको विषयमा चर्चा गरिएको थियो । कार्यक्रममा केदार यादव, किशुनदयाल श्रीकृष्ण, धनदेव जोशी, सञ्जय साह मित्र, जीसी हरि तथा रेणु गुप्ताले दुई दुई ओटा लघुकथा वाचन गरेका छन् भने मित्रले लघुकथाको सैद्धान्तिक पक्ष र प्रयोगको बारेमा चर्चा गरेका छन् ।

कार्यक्रमको दोस्रो चरणमा कुमार चन्दन, रवीन्द्र पटेल, अभिजीत कुमार राम, श्वेता अधिकारी, गुडीकुमारी यादव, अनु यादव, निलमकुमारी साह, सविता यादव, गुडीकुमारी यादव, अनु यादव लगायतले कविता तथा गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा बिन्जुकुमारी यादव, अंशुकुमारी केसरी, सुबिताकुमारी यादव, अन्जलीकुमारी यादव, हिमांशु साह, प्रशान्त पासवान, देवेन्द्र चौधरीलगायतको पनि सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण रेडिया मधेस मसला एफएम गरुडाले गरेको थियो ।

रौतहटमा पहिलोपटक लघुकथा दिवस मनाइएको भए पनि रौतहटमा कथाको इतिहास निकै लामो रहेको छ । वि.सं. २००३ मा नै द्रोण शमशेर जबराको अबला कथा संग्रह प्रकाशन भएको देखिन्छ भने अग्रज कथाकार गुरुप्रसाद मैनालीले रौतहटमा लामो समय कथाको सेवा गरेको इतिहास छ । रौतहटका अन्य केही साहित्यकारले पनि कथा र उपन्यास लेखेका छन् ।

प्रतिक्रिया