मोरङ,११ भदौ(रासस)”सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की शनिवार विराटनगर आउँदा विमानस्थलमा कार्यकर्ताले २५ किलो मालाले स्वागत गर्दै । । तस्बिरः मनोज दाहाल÷रासस
विराटनगर, ११ भदौ(रासस): सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच राजनीतिक दलको गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढङ्गले अघि बढ्ने बताउनुभएको छ ।
विराटनगर विमान स्थलमा सञ्चारकर्मीहरुसँग आज कुराकानी गर्दै उहाँले आगामी निर्वाचनका विषयमा गठबन्धन दलले न्यायोचित ढङ्गले उम्मेदवारको बाँडफाँट गर्ने जानकारी दिनुभयो ।
मोरङ,११ भदौ(रासस):सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की शनिवार विराटनगर आउँदा विमानस्थलमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तावका साथमा । तस्बिरः मनोज दाहाल÷रासस
मन्त्री कार्कीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पनि गठबन्धन आवश्यक रहेको चर्चा गर्दै नागरिकता विधेयक सम्मानीय राष्ट्रपतिबाट केही सन्देश सहित फिर्ता आएको र सो विधेयक प्रतिनिधि सभाबाट पारित भइ राष्ट्रिय सभाबाट पनि पारित हुने विश्वास व्यक्त्त गर्नुभयो ।
मोरङ,११ भदौ(रासस):सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की शनिवार विराटनगर आउँदा विमानस्थलमा कार्यकर्ताले २५ किलो मालाले स्वागत गर्दै । । तस्बिरः मनोज दाहाल÷रासस
उहाँले नागरिकता विधेयकसम्बन्धमा राष्ट्रपतिबाट भएको छलफल एवं भेटघाट सामान्य कुरा हो चर्चा गर्दै राष्ट्रपतिलाई कुनै पनि विषयमा छलफल एवं भेटघाट र परामर्श लिनु सुविधा भएको कुरामा जोड दिनुभयो ।
मोरङ,११ भदौ(रासस): नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव शनिवार विराटनगर आउँदा विमानस्थलमा २५ किलोको मालाले जिल्ला समन्वय समिति सुनसरीद्वारा स्वागत गर्दै । तस्बिरः मनोज दाहाल÷रासस
सो अवसरमा मन्त्री कार्कीसँग नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवको उपस्थिति थियो भने उहाँ दुबै जनालाई सुनसरीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, मोरङको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, प्रहरी प्रमुखहरु, सुनसरीको जिल्ला समन्वय समितिका संयोजक राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, सङ्गीय सांसद सीताराम मेहता, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल सहित सयौँका सङ्ख्यामा राजनीतिक कार्यकताहरुले स्वागत गर्नुभएको थियो ।
मोरङ,११ भदौ(रासस):सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की शनिवार विराटनगर आउँदा विमानस्थलमा सञ्चारकर्मीहरुसँग मुलुकका समसामयिक विषयमा कुराकानी गर्दै तस्बिरः मनोज दाहाल÷रासस
मन्त्री कार्की र राजदुत श्रीवास्तवलाई २५ केजीको आकर्षक माला पनि पहिराएको थियो ।
प्रतिक्रिया