घरेलु महासङ्घद्वारा माला र सजावटका सामाग्री बनाउने तालिम

इनेप्लिज २०७९ भदौ ९ गते २२:२५ मा प्रकाशित

 

विराटनग,९ भदौ(रासस):

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले संस्कृती संरक्षणसँगै रचनात्मक काममा अग्रसर बनेको छ ।

महासङ्घले हिन्दु महिलाहरुले मनाउने तिजको उपलक्ष्यमा आज यहाँ शुभकामना आदानप्रदान, नृत्य प्रतियोगितासँगै माला र सजावटका सामाग्री बनाउने एक दिने तालिम प्रदान गरेको हो ।

महिलाहरुलाई आर्थिकरुपमा सवल र उद्यमी बनाउन फ्रेब्रिकबाट माला र सजावटका सामाग्री बनाउन तालीम प्रदान गरिएको महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले जानकारी दिनु भयो ।

महासंघले प्रत्येक वर्ष तिज पर्वको अवसरमा यस प्रकारको रचनात्मक कार्य गर्दै आएको छ ।

तालिममा मोरङ १७ पालिकाबाट ६५ जना महिलाहरुको सहभागीता रहेको थियो ।

तालिममा अपाङ्गता भएका परिवारका १५ जना महिला सदस्यहरुको समेत सहभागिता रहेको थिए ।

माला बनाउने तालिममा उत्कृष्ट सयपत्रि महिला समुहलाई नगदसहित पुरस्कृत गरिएको महिला उद्यम समितिका अध्यक्ष सुनिता छाराहाङले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया