मोरङ, ८ भदौ(रासस): नेपाल पत्रकार महास मोरङद्वारा बुधवार विराटनगरमा आयोजित तीज कार्यक्रममा महिला सञ्चारकर्मीलाई साडी वितरण गर्दै महासका मोरङ अध्यक्ष सन्जिव खनाल लगायत । तस्बिर : मनोज दाहाल ÷रासस
विराटनगर,८ भदौ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाली महिलाहरुले मनाउने तीज पर्वबाट एक आपसमा सद्भाव बढेको बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आज यहाँ आयोजित तीज कार्यक्रममा शुभकामना व्यक्त्त गर्दै प्रजिअ दाहालले हाम्रो धर्म, संस्कार र संस्कृतिको विकास भएमा समाज अझ वलियो हुने धारणा राख्नु भयो ।
मोरङ, ८ भदौ(रासस):नेपाल पत्रकार महास मोरङद्वारा बुधवार विराटनगरमा आयोजित तीज कार्यक्रममा शुभकामना व्यक्त्त गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल ।तस्बिर : मनोज दाहाल ÷रासस;
उद्योग एवं समाजवादी दीनबन्धु गोयलले वर्षमा एक पटक महिलाहरुले मात्र मनाउने तीजमा पुरुषहरुको पनि सहभागि हुनु सुखद पक्ष हो भन्नु भयो ।
सो अवसरमा महासङ्घले ३० जना महिला सञ्चारकर्मीहरुलाई एक÷ एक थान साडी वितरण गरेको थियो ।
मोरङ, ८ भदौ(रासस): नेपाल पत्रकार महास मोरङद्वारा बुधवार विराटनगरमा आयोजित तीज कार्यक्रममा सहभागी सञ्चारकर्मीहरु ।तस्बिर : मनोज दाहाल ÷रासस
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक शान्तिराज कोइराला,विभिन्न सङ्घसंस्थाका महिला प्रतिनिधि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।
मोरङ, ८ भदौ(रासस): नेपाल पत्रकार महास मोरङद्वारा बुधवार विराटनगरमा आयोजित तीज कार्यक्रममा नृत्य गर्दै महिला सञ्चारकर्मीहरु ।तस्बिर : मनोज दाहाल ÷रासस
अत्यन्त उत्साह र उमङ्गले भरिएको तीज कार्यक्रममा महिला र पुरुष सञ्चारकर्मीहरुलेसँगै नृत्य प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया