श्रीराधाकृष्ण रथयात्रा भव्यताका शुरु

मनोज दाहाल २०७९ भदौ ४ गते १७:५१ मा प्रकाशित

 

मोरङ,४ भदौ (रासस): विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट शनिवार दिउँसो ४ः०० बजे निकालिएको श्रीराधाकृष्ण रथयात्रा डोरीबाट तान्दै महिला तथा पुरुष भक्त्तजन एवं प्रहरीहरु । तस्बिर : मनोज दाहाल ÷रासस

विराटनगर,४ भदौ। विराटनगरको पहिचानको रुपमा रहेको श्रीराधाकृष्ण रथयात्रा आज दिउँसो ४ बजे राधा कृष्ण मन्दिर तीनपैनीबाट निकालिएको छ।

कोरोना महामहारीका कारण विगत दुई बर्षदेखि सामान्य रुपमा निकालिएको रथयात्रा श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट आज सुरक्षा मापदण्ड अपनाई निकालिएको छ।

मोरङ,४ भदौ (रासस); विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट शनिवार दिउँसो ४ः०० बजे निकालिएको श्रीराधाकृष्ण रथयात्राको क्रममा लाखे नृत्य प्रस्तुत गर्दै । तस्बिर : मनोज दाहाल ÷रासस

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मी र सदस्य कृष्ण कार्कीले वैदीक पूजा अर्चना गरि रथयात्राको शुभारम्भ गर्नु भयो ।

वि.स. १९८८ सालमा खटयात्राका रुपमा शुरु गरी वि.स. २०२५ सालदेखि रथयात्राका रुपमा निकाल्ने परम्परा शुरु गरिएको हो ।

प्यागोडा शैलीमा निर्माण गरिएको रथको लम्बाई २२ फिट,चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ । रथ तान्नकालागि रथको अग्रभाग जुवाको दुर्वतर्फ ७५ फिट लम्बाईको डोरीको मोटो लठृा बनाइएको छ।

विराटनगर महानगरपालिका– १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट शुरु भएको रथयात्रा नगरपरिक्रमा पश्चात पुनः सोही ठाउँमा पुगेर समापन हुनेछ ।

मोरङ,४ भदौ (रासस): विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट शनिवार दिउँसो ४ः०० बजे निकालिएको श्रीराधाकृष्ण रथयात्राको क्रममा हनुमानको भेषभूषमा सहभागी । तस्बिर : मनोज दाहाल ÷रासस

रथयात्रा मन्दिर परिसर देखि गोल्छा चोक, विराटेश्वर मन्दिर चोक,महानगरपालिका चोक, जलजला चोक, वुधहाट चोक, ट्राफिक चौक, भूमिप्रशासन चोक,रोडशेष चोक, पाञ्चालि चोक, महेन्द्रचौक, भृकुटी चोक,वरगाछी हुँदै रथयात्राले नौ किलोमिटर दुरी तय गर्ने छ।

रथयात्राको क्रममा स्वास्थ्य मापदण्डलाई पालना गर्दै एक लाख ५० हजार मास्क वितरण गरिने भएको व्यवस्थापन समितिका अध्यक्ष कैशाल रेग्मीले जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राको कुनै अप्रिय घटना हुन नदिन सुरक्षा सुदृढ वनाउन ९५० सुरक्षाकर्मी खटिएका छन् ।

मोरङ,४ भदौ (रासस): विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट शनिवार दिउँसो ४ः०० बजे निकालिएको श्रीराधाकृष्ण रथयात्रा सहभागी हुन आएका भक्त्तजनहरुको भीड ।। तस्बिर : मनोज दाहाल ÷रासस

यसैगरी भक्तजनहरुको स्वास्थ्यलाई ध्यानमा राखी तीन थान एम्वुलेन्स रथयात्रासँगै हुने छ ।

रथयात्राको आगाडि लाखे नृत्य सहित विभिन्न जातिय संङ्घसंगठनका महिलाहरुले आफ्नो भेषभेषमा सहभागि भएका छन् ।

रथयात्राको क्रममा श्रद्धालुहरुको अत्यधिक भीड हुने गरेका कारण त्यसलाई व्यवस्थितगर्न रथको दाँया भागमा पुरुष र बायाँ भागमा महिलाका लागि रथ तान्ने स्थान निर्धारण गरिएको छ ।

मोरङ,४ भदौ (रासस): विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट शनिवार दिउँसो ४ः०० बजे श्रीराधाकृष्ण रथयात्राको शुभारम्भ गर्दै महानगरपालिकाका प्रमुख नागेश कोइराला तस्बिर : मनोज दाहाल ÷रासस

विराटनगरमा निकालिने रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मान्ने गरिन्छ।

भारतको जगन्नाथपुरीमा निकालिने रथयात्रा पछिको यो दोश्रौ ठुलो मान्ने गरिएको अध्यक्ष रेग्मीले बताउनु भयो ।

मोरङ,४ भदौ (रासस): विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट शनिवार दिउँसो ४ः०० बजे निकालिएको श्रीराधाकृष्ण रथयात्राको क्रममा राजवंशी समुदायका युवतीहरु आफनो भेषभुषामा जुलुसमा सहभागी हुँदै । तस्बिर : मनोज दाहाल ÷रासस

रथयात्राको अवलोकन गर्न मोरङ, सुनसरी,झापा , सप्तरी, धनकुटाका का साथै छिमेकी मुलुक भारतबाट समेत गरी पाँच लाख भक्तजन आउने विश्वास गरिएको छ। ।

-मनोज दाहाल

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया