भोको पेटमा बिरामि भई झुपडिमा लडि रहेकी छिन
पैशा नभएर उपचार नपाई तडपिई रहेकी छिन
ठेकदारले आफ्नो काम गरेको मजदुरीको पैशा नदिदा
खानेकुरा खान नपाएर भोकले छटपटाई रहेकी छिन
मजदुरीको पसिना लुटेर गगन चुँम्बि महलमा बस्छन
भोक र सोकमा उनि मृत्यृको मुखमा पुगि रहेकी छिन
धनि मानिसले गरेको शोषणमा गरिव मानिस पर्दछन
गरिविको चोटले आफ्नो कोमल मन दुखाई रहेकी छिन
यो संसार सारा कब्जा गरेका छन धनि मानिसले
काम गर्न नसकि उनि भोकै पेटमा रोई रहेकी छिन
गरिबिले रमाउने दिन छैन होला यो जगतमा
त्येसैले त उनि भोकले छटपटाई बसि रहेकी छिन
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी
प्रतिक्रिया