युरोपेली संघ लगायत ४० वटा राष्ट्रद्वारा रुसलाई युक्रेनी आणविक उर्जा केन्द्रबाट सेना फिर्ता गर्न आग्रह

इनेप्लिज २०७९ साउन ३० गते ११:३० मा प्रकाशित

युरोपेली संघ लगायत ४० वटा राष्ट्रले रुसलाई युक्रेनी आणविक उर्जा केन्द्रबाट सेना फिर्ता गर्न आग्रह गरेका छन ।

युरोपेली संघ र संयुक्त राज्य अमेरिका सहित ४२ देशहरुको एक संयुक्त विज्ञप्ति मार्फत दक्षिणी युक्रेनको जापोरिजिया आणविक उर्जा संयन्त्रमा तुरुन्तै आफ्नो सेना फिर्ता गर्न रुसलाईआह्वान गरिएको छ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा सँस्थाले गत हप्ता चेतावनी दिएको थियो ।

हालैका आक्रमणहरूका कारण कारखानाका केही भागहरू ध्वस्त भएका थिए ।

“हामी रूसी संघलाई तुरुन्तै जापोरिजिया आणविक उर्जा केन्द्रबाट आफ्ना सैन्य बलहरू र अन्य सबै अनधिकृत कर्मचारीहरूलाई फिर्ता गर्न आग्रह गर्दछौं,” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया