युक्रेनको डोनेट्स्क क्षेत्रमा अघि बढ्न रुसी सेनाले गरेका हरेक प्रयासलाई विफल पारिएको युक्रेनी सेनाको दाबी

इनेप्लिज २०७९ साउन १७ गते ११:२६ मा प्रकाशित

युक्रेनको डोनेट्स्क क्षेत्रमा अघि बढ्न रुसी सेनाले गरेका हरेक प्रयासलाई विफल पारिएको युक्रेनी सेनाले दाबी गरेको छ । युक्रेनी सेनाका अनुसार गत २४ घण्टामा पूर्वी डोनेट्स्क क्षेत्रमा अघि बढ्न रुसी सेनाले गरेका हरेक प्रयासलाई विफल पारिएको जनाएका छन् ।

युक्रेनी सेनापतिले रणभूमिको अवस्था बारेमा अध्यावधिक गर्दै स्थितिमा रूसी ईकाइहरूले घाटा बेहोरेका र धेरै क्षेत्रमा पछि हटेको बताए।
.
“शत्रुहरु सोलेदार, वर्श्याना र बाख्मुतका क्षेत्रमा आक्रमण कारबाहीका साथ रणनीतिक स्थिति सुधार गर्ने प्रयास गर्यो, तर असफल भयो र पछि हट्यो,” सेनाका प्रमुखले भने।

डोनेट्स्क शहरको उत्तरमा रहेको अवडिभका नजिकै अघि बढ्ने अर्को रुसी प्रयासलाई पनि पछि हटाइएको छ ,उनले भने ।

दक्षिणी मोर्चामा सेनाले इन्हुलेट्स नदीमा व्यापक गोलाबारी भएको बताएका छन् भने जहाँ रूसीहरूले युक्रेनी सेना अगाडी बढेकोमा रोक्ने प्रयास गरि रहेको बताए ।

प्रतिक्रिया