यो मेरो मनबाट रोजेको छु……..

गोबिन्द राज ओझा (राजन) २०७९ साउन ४ गते ९:५७ मा प्रकाशित

यो मेरो मनबाट रोजेको छु तिम्रो माया पाउनलाई
यो दिलबाट सोच्दैछु मैले तिमिलाई भेटनलाई

तिमि आउछौ कि भनेर बाटो कुरि बसेको छु
यसपालि त तिमिलाई मन पर्ने गरगहना ल्याएको छु
तिम्रो घरमा आउछु म तिमिलाई भेटनलाई
यो मेरो मनबाट रोजेको छु तिम्रो माया पाउनलाई

त्यो ठाउँ ,त्यो मन्दिरमा आयौ हामि घुम्नलाई
यो मेरो मनबाट रोजेको छु तिम्रो माया पाउनलाई
बसेको छ माया मेरो यो दिलको कुनामा
आउछौ तिमि भनेर कुरि बसेको यो बाटोमा

तिमि आउछौ कि भनेर बाटो कुरि बसेको छु
मैले तिमिलाई भेटेर केहि कुरा गर्नु छ
तिमि आउछौ जस्तो लाग्यो, यो मेरो मनलाई
यो मेरो मनबाट रोजेको छु तिम्रो माया पाउनलाई

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

प्रतिक्रिया