बजगाईंले ल्याए “आगो ओकल्ने पहाड”

इनेप्लिज २०७९ साउन २ गते ०:१४ मा प्रकाशित

साउन १, काठमाण्डौं,

बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको “आगो ओकल्ने पहाड” बालकथासङ्ग्रह बजारमा आएको छ । बालबालिकाको मनोविज्ञानलाई मनन गरेर लेखिएका उक्त सङग्रहका कथाहरु रोचक, ज्ञानवद्र्धक र शिक्षाप्रद छन् ।

नियात्रा, कथा, लघुकथा, बालकथा र हाइकुका दर्जन भन्दा बढी कृति प्रकाशित गरिसकेका बजगाईं डायोस्पोराका स्थापित साहित्यकार हुन् । उनका दश बालकथाहरु नेपाल सरकार पाठ्यक्रम विकाश केन्द्रद्वारा स्वीकृत प्राप्त कक्षा ४, ६ र ७ कक्षाको पाठ्यक्रममा समावेश भएर पढाई भईरहेका छन् । उनका एक लघुकथा नेपालको कक्षा १२ मा, दुई लघुकथा म्यान्मारको नेपाली विद्यालयको कक्षा ९ मा र चार नियात्रा नेपालका त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको स्नातक तहको पाठ्यक्रममा पढाई भई रहेका छन् ।

भुँडी पुराण प्रकाशन काठमाण्डौंले प्रकाशन गरेको “आगो ओकल्ने पहाड”को मुल्य रु. ३०० रहेको छ । उक्त पुस्तक नेपालभर उपलब्ध छ ।

प्रतिक्रिया