प्रदेश नं १ सरकारद्वारा १९ जना श्रष्टालाई सम्मान सहित पुरस्कृति गर्ने

इनेप्लिज २०७९ असार २५ गते १६:०३ मा प्रकाशित

विराटनगर,२५ असार ।प्रदेश नंं. १ सरकारले १९ जना श्रष्टाहरूलाई सम्मान गर्ने भएको छ ।

उहाँहरूलाई भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्याएका आधारमा पर्यटन तथा संस्कृति मन्त्रालयले नगद राशिसहित सम्मान तथा पुरस्कृत गर्न लागेको हो ।

श्रष्टा सम्मानका लागि मन्त्रालयद्वारा गठित छनौट समितिले नाम छनौट गरेको पर्यटन तथा संस्कृति मन्त्रालयका संस्कृति तथा पुरातत्व शाखा प्रमुख भेषराज न्यौपानेले जानकारी दिनु भएको छ ।

बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान– २०७९ बाट प्राडा गोबिन्द तुम्वाङ–सुनसरी(भाषा, साहित्य, अनुसन्धान) र प्राडा कालुराम खम्बु–(के.आर. खम्बु)–झापा(अनुसन्धान, संस्करण) हुनुहुन्छ ।

यसैगरी प्रदेश भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान– २०७९ बाट टंक बहादुर खुलाल (मनु मन्जिल),गोवर्धन तामाङ–उदयपुर(साहित्य),विजय श्रेष्ठ– इलाम(मूर्तिकला),भरत गुरागाईं–मोरङ(नाट्यकर्र्मी),ममता गिरी–सुनसरी(साहित्य,लघुकथा),गोपाल देवान–सुनसरी(नाटककार, निर्देशन),वीरबहादुर लाप्चा– इलाम(लोक संस्कृति, संस्कृति संरक्षण),हरि कट्टेल–सोलुखुम्बु(साहित्य),मान सिंह थुलुङ–इलाम(संगीत),महेन्द्र राई–सुनसरी(चित्रकला),जयन्ती रमण कण्ठ–सुनसरी(नाट्य अभिनयकर्मी),नवराज राई (नवराज वर्तमान)–भोजपुर(साहित्य, कथाकार, कवि) रहनु भएको छ।

यस्तै नवोदित भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान पुरस्कार– २०७९ बाट लिला उप्रेती(लिला अनमोल)–झापा(साहित्य),यशोदाकुमारी लम्साल–सुनसरी(चित्रकला),चेतन आङ्थुपो–इलाम(नाटक, निर्देशन),मधुराज केरुङ–पाँचथर(चलचित्र, साहित्य),विमला चिमोरिया–झापा(नाटक÷अभिनय)रहनु भएका छन् ।

उहाँहरुलाई यही असार २७ गते विराटनगरस्थित आरोहण गुरुकुलमा सम्मानित गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया