प्रतिज्ञा गरिएको प्रक्षेपास्र प्रणाली(रकेट) जुलाईको मध्यमा युक्रेनमा पुग्ने : अमेरिकी रक्षा अधिकारी

इनेप्लिज २०७९ असार ११ गते १०:५० मा प्रकाशित

युक्रेनलाई सहयोग गर्ने क्रममा सबै प्रतिज्ञा गरिएको रकेट ( प्रक्षेपास्र)प्रणाली जुलाईको मध्यमा युक्रेनमा पुग्ने अमेरिकी रक्षा अधिकारीले बताए ।

अमेरिकाले युक्रेनलाई प्रतिज्ञा गरेको चार उच्च गतिशिलता तोपखाना प्रक्षेपास्र प्रणाली (हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम)को पहिलो समूह अमेरिकामा भएकोले नयाँ घोषणा गरिएको चार एचआइएमएआरएस समूह “जुलाईको मध्य” सम्ममा हस्तान्तरण गरिनेछ अमेरिकी रक्षाका एक वरिष्ठ अधिकारीले बताए ।

युक्रेनीहरूको अर्को छोटो सैन्य दल प्रणालीहरू सञ्चालन गर्न प्रशिक्षणमा रहेको अधिकारीले पत्रकारहरूलाई बताए ।

प्रतिक्रिया