युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली संघमा युक्रेनलाई संलग्न गर्ने निर्णय अघि रूसबाट “बृहत्तर शत्रुतापूर्ण गतिविधि” हुने चेतावनी दिएका छन् ।
युरोपेली संघले रुसको आक्रमणलाई ध्यानमा राख्दै युक्रेनलाई उम्मेदवार (क्यानडिडेट )को स्थितिको लागि औपचारिक रूपमा स्वीकार गर्ने या नर्गने बिषयमा बोल्दै उन्ले भने “हामीले रुसबाट ठूलो शत्रुतापूर्ण गतिविधिको अपेक्षा गर्नुपर्छ।
जेलेन्स्कीले आइतबारको आफ्नो सम्बोधनमा यो ” युक्रेनको विरुद्ध मात्र होइन, तर अन्य युरोपेली देशहरू विरुद्ध पनि हो ” उन्ले भने ।
युरोपेली सॅघमा सॅलग्नता हुने सॅभावना देखिएकोले जेलेन्स्कीले सोमबार “वास्तवमै ऐतिहासिक हप्ता” को सुरुवात भएको बताए।
एक हप्तामा हामी युक्रेनको लागि उम्मेद्वार स्थिति बारे युरोपेली संघबाट जवाफ सुन्नेछौं।
युरोपेली आयोगबाट पहिले नै सकारात्मक निर्णय भएको छ र यस हप्ताको अन्त्यमा युरोपेली परिषदबाट प्रतिक्रिया आउनेछ , उन्ले भने ।
प्रतिक्रिया