युक्रेनले दक्षिणलाई फिर्ता लिने जेलेन्स्कीको प्रतिज्ञा

इनेप्लिज २०७९ असार ५ गते १४:५७ मा प्रकाशित

युक्रेनी राष्ट्रपतिले रुसी सेनाले कब्जा गरेको दक्षिणी युक्रेनको क्षेत्र फिर्ता लिने प्रतिज्ञा गरेका छन् ।

“हामी दक्षिण कसैलाई सुम्पने छैनौं,” जेलेन्स्कीले गत राती प्रकाशन गरेको अङ्कियदृश्य ( भिडियो)मा सम्बोधन गर्दै भने ।

उनले दक्षिणी अग्रपंक्तिमा देशको लागि लडि रहेका सेनाहरुको भ्रमणबाट फर्केपछि उनले त्यसो भनेका हुन् । उनले अगाडी भने युक्रेनी सेनाले “हाम्रो सबै कुरा” फिर्ता लिनेछ।

युक्रेनले पनि यस प्रक्रियामा समुद्रमा सुरक्षित पहुँच पुनर्स्थापित गर्नेछ, उनले भने।

प्रतिक्रिया