समाचारमा ध्यान दिनु पर्ने–सदस्य खरेल

इनेप्लिज २०७९ असार ५ गते १०:१५ मा प्रकाशित

विराटनगर, ५ असार(।रासस): राष्ट्रिय समाचार समिति सञ्चालक समितिका सदस्य शङ्कर खरेलले समाचार जस्तो महत्वपूर्ण कुरामा विशेष ध्यान दिनु पर्ने बताउनुभएको छ ।

रासस प्रदेश नं १ कार्यालय विराटनगरको आज निरीक्षण अवलोकन गर्दै उहाँले समाचारको गुणस्तर, सत्य र तथ्यले समाचारको महत्व बढाउने भएकाले यसतर्फ रासस सञ्चारकर्मीहरुले ध्यान दिनु पर्छ भत्रुभयो ।

उहाँले समाचार मात्र दिने लामो इतिहास बोकेको राससको गमिमालाई अझ बढाउन, सुदृढ एव सबल बनाउन समय सापेक्ष सुधार हुनु पर्ने आवश्यकता औँल्याउनुभयो ।

सो अवसरमा रासस प्रदेश नं १ कार्यालय प्रमुख मोहम्मद सदरुलले राससको वस्तुस्थितिका बारेमा जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया