फ्रान्स, जर्मनी र इटालीका नेताहरू बिहीबार बिहान कीभ आई पुगे

इनेप्लिज २०७९ असार २ गते ११:३५ मा प्रकाशित

युरोपेली संघका तीन ठूला देशहरू फ्रान्स, जर्मनी र इटालीका नेताहरू बिहीबार बिहान कीभ आइपुगेका छन् । रुस विरुद्धको लडाईमा समर्थनको रूपमा तनावलाई सहज बनाउन बनाईएको उक्त योजनामा उनीहरु त्यहाँ पुगेका हुन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो ड्राघीले मध्यरातमा पोल्याण्डबाट प्रस्थान गर्दै विशेष रेलमा सँगै शहरको यात्रा गरेको समाचार सिएनएनले लेखेको छ ।

नेताहरू मध्य कीभको  अतिथि गृहमा आइपुगेको केही समयपछि हवाई आक्रमणको साइरन ( आवाज) बजाईएको थियो।

तीनवटै देशले रुस विरुद्ध युक्रेनको रक्षामा सहयोग गर्न हतियार दिने वाचा गरेका छन् ।

प्रतिक्रिया