प्राविधिक शिक्षा मुलुकको लागि आजको आवश्यक्त्ता हो–पूर्वराष्ट्रपति डा. यादव

इनेप्लिज २०७९ जेठ २८ गते १६:३० मा प्रकाशित

विराटनगर,२८ जेठ । पूर्व राष्ट्रपति डा रामवरण यादवले प्राविधिक शिक्षा मुलुकको लागि आजको आवश्यकता भएको बताउनु भएको छ।

मोरङको जहदा गाउपालिका–४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निको आज अनुगमन एवं निरीक्षण गर्दै प्राविधिक शिक्षाले व्यवसायिक जनशक्ति उत्पादन गर्नुका साथै देशको विकास निर्माणमा सहयोग पुग्ने धारणा राख्नु भयो ।

पूर्व राष्ट्रपति डा यादवले शिक्षामा सवैको पहुच पुर्याउन ग्रामिण क्षेत्रका गरिव तथा विपन्न समुदायलाई लक्षित गरेर सरकारले योजना वनाउनु पर्नेमा जोड दिनु भयो ।

उहाँले ग्रामीण क्षेत्रमा स्थापित यस प्राविधिक शिक्षालयको विकासमा सङ्घ, प्रदेश र स्थानीय पालिकाले ध्यान दिनुपर्ने धारणा राख्नु भयो ।

पूर्वराष्ट्रपति डा.यादवले प्राविधिक शिक्षा हासिल प्राप्त गरेपछि सिकेको ज्ञान र शिपलाई राष्ट्रको वृहत्तर हितमा प्रयोग गर्न विद्यार्थीहरुलाई आग्रह गर्नु भयो ।

सिटिभिटी तथा कृष्णप्रसाद कोइराला सेवा गुठीको साझेदारीमा सो पोलिटेक्निक सञ्चालनमा आएको हो ।

उक्त्त शिक्षालय तीन विघा क्षेत्रफलमा रहनुका साथै विभिन्न विधामा पाँच सय विद्यार्थी अध्यनरत रहेको विद्यालयका प्रमुख सन्तवहादुर अधिकारीले जानकारी दिनु भयो ।

प्रतिक्रिया