बेलायती रक्षा सचिवद्वारा कीभ भ्रमणको क्रममा युक्रेनमा “अझै नजिकबाट” काम गर्ने वाचा

इनेप्लिज २०७९ जेठ २७ गते १६:५९ मा प्रकाशित

बेलायती रक्षा सचिवले कीभ भ्रमणको क्रममा युक्रेनसँग “अझै नजिकबाट” काम गर्ने वाचा गरेका छन ।

बेलायतका रक्षा सचिव बेन वालेस जसले यस हप्ता कीभको गोप्य रुपमा ( अघोषित) भ्रमण गरेका थिए ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रक्षामन्त्री ओलेक्सी रेज्निकोभसँगको भेटमा युक्रेनसँग “अझै नजिकबाट” काम गर्न सहमत भए।

युक्रेनलाई अवैध रुसको कब्जाबाट मुक्त गराउने आफ्नो साझा लक्ष्यको समर्थनमा अझ नजिकबाट अगाडि बढ्दै काम गर्न सहमत भएको बेलायतको रक्षा मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाईएको छ ।

“उनीहरूले बेलायतले हाल उपलब्ध गराउँदै आएको उपकरण र तालिमको दायरा र युक्रेनी सेनाहरूलाई उनीहरूको देशको रक्षा गर्न मद्दत गर्न हामीले थप सहयोग गर्न सक्छौं भनेर पनि छलफल गरे।”

भेट कहिले भयो भन्ने खुलाइएको छैन । रक्षा मन्त्रालयले दुई दिने यात्रा “यस हप्ता” भएको जनाएको छ ।

प्रतिक्रिया