जेलेन्स्की: ५ लाख भन्दा बढी युक्रेनीहरू रुसमा लगियो

इनेप्लिज २०७९ वैशाख २३ गते १६:५२ मा प्रकाशित


युक्रेनमा रुसले आक्रमण गरे देखि ५००,०००  भन्दा बढी युक्रेनीहरूलाई रूसमा निर्वासित गरिएको छ”, राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार आइसल्याण्डको संसदलाई सम्बोधन गर्ने क्रममा भने।

“उनीहरूलाई त्यहाँ जान बाध्य पारियो। उनीहरूका कागजात र सञ्चारका साधनहरू जफत गरिएका छन्। उनीहरूलाई त्यहाँ आत्मसात गर्नको लागि विदेशी भूमिको दुर्गम क्षेत्रहरूमा पठाइन्छ,” जेलेन्स्कीले भने।

निर्वासित युक्रेनीहरूको संख्या आइसल्याण्डको कुल जनसंख्याभन्दा पनि बढी रहेको उनले औंल्याए।

सिएनएनले स्वतन्त्र रूपमा युक्रेनीहरूको संख्या पुष्टि गर्न असमर्थ भएको जनाएको छ । साथै उनिहरुलाई सीमा पार गरी रूसी क्षेत्रमा लगिएको बताएको छ।

प्रतिक्रिया