हलिवुड अभिनेत्री एन्जेलिना जोलीले लभिभको बिद्यालय तथा चिकित्सा संस्थाका शरणार्थीहरूसँग कुरा गरेकी छिन ।
अभिनेत्री एन्जेलिना जोली जो शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघको विशेष दूत पनि हुन् । पश्चिमी युक्रेनी शहर लभिभ रहेको आवासीय बिद्यालय (बोर्डिङ स्कूल) र मेडिकल चिकित्सा) संस्थाको भ्रमण गरेको लभिभका क्षेत्रीय सैन्य प्रशासनका प्रमुख म्याक्सिम कोजित्स्कीले बताए ।
“एक चिकित्सा संस्थामा, उनले क्रामाटोर्स्क रेल चौकी (स्टेसन)मा रूसी सेनाको क्षेप्याश्त्र आक्रमणबाट पीडित बालबालिकाहरूलाई भेटेकी छिन्। उनीहरूका उनीहरुका कथाहरू सुनेर उनी धेरै प्रभावित भइन्। एउटी बालिकाले जोलीलाई आफ्नो सपनाको बारेमा गोप्य रूपमा बताईन ।
उनले फेरि आउने वाचा गरिन । “उनले लभिभको मुख्य रेल चौकीमा चिकित्सा र मनोवैज्ञानिक सहायता प्रदान गर्ने हाम्रा स्वयंसेवकहरूसँग कुरा गर्न पनि समय निकालिन्। उनले उनीहरूको कामको लागि धन्यवाद दिइन ,” उनले भने।
उनले सक्रिय शत्रुताको क्षेत्र छोड्न सफल भएका मानिसहरूसँग कुरा गरिन्। यो भ्रमण हामी सबैका लागि आश्चर्य भएको कोजित्स्कीले भने ।
सिएनएनका अनुसार एन्जेलिना जोली आफ्नो व्यक्तिगत क्षमतामा यस क्षेत्रको यात्रा गरेकी हुन् र यस भ्रमणमा युएनएचसिआर को कुनै संलग्नता छैन भनि अधिकारीले भनेको समाचार लेखेको छ ।
यसअघि शनिबार जोलीले लभिभ एउटा कफी पसलमा गएको तस्विर खिचेकी थिइन् ।
प्रतिक्रिया