रुस र युक्रेनले थप युद्धबन्दी आदानप्रदान गरेको युक्रेनका उपप्रधानमन्त्रीले बताएकी छिन।
रुस र युक्रेनले चौथो कैदी आदानप्रदान गरेको युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेश्चुकले बिहीबार बताइन्।
“अर्को, चौथो, आज युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको आदेशमा कैदी आदानप्रदान भयो,” उनले सरकारी सॅचार माध्यम टेलिग्राममा भनिन ।
“पाँच अधिकारी र १७ श्रेणी र सिपाहीहरू, साथै एक महिला सहित आठ नागरिकलाई रिहा गरियो। हाम्रा कुल ३० जना नागरिक आज घर जाँदैछन्, ”उनले भनिन्।
आदानप्रदानमा कति रूसी कैदीहरूलाई रिहा गरियो भन्ने विवरण नआएको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया