काठमाडौंको मेयरका लागि एमालेवाट पांच जना सिफारिस

इनेप्लिज २०७९ वैशाख १ गते ३:४६ मा प्रकाशित


काठमाडौं । नेकपा (एमालें) महानगर कमिटीले काठमाडौं महानगरपालिकाको लागि मेयर पदमा पांच जनालाई सिफारिस गरेको छ । महानगर कमिटीले सिफारिस गरी पठाएका नामहरुमाथि जिल्ला कमिटीले छलफल पश्चात निर्णयका लागि पार्टी नेतृत्व समक्ष सिफारिस गर्ने छ ।

महानगर कमिटीले सिफारिस गरी पठाएका नामहरुमा वर्तमान मेयर विद्यासुन्दर शाक्य, नेतृ इन्दिरा पन्त, पूर्व मेयर तथा प्रदेश सांसद केशव स्थापित, पूर्व मन्त्री रामवीर मानन्धर र एमाले महानगर कमिटी अध्यक्ष निर्मल देउला रहेका छन् ।

महानगर कमिटीले काठमाडौंका सवै पालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाका अध्यक्ष तथा सदस्यहरुको समेत सिफारिस गरेको छ ।

प्रतिक्रिया