मोरङ व्यापार सङ्घद्वारा अर्थ सचिव मरासिनीलाई सुझाव पत्र हस्तान्तरण

इनेप्लिज २०७८ चैत २९ गते २१:३९ मा प्रकाशित

विराटनगर,२९ चैत।अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासनीलाई मोरङ व्यापार सङ्घबाट गएको एक प्रतिधिनिको टोलीले आगामी बजेट २०७९।०८० का लागि सुझाव पत्र वुझाएको छ।

उहाँलाई सङ्घका अध्यक्ष नवीन रिजालको नेतृत्वमा काठमाडौँ टोलीमा निर्वतमान अध्यक्ष प्रकाश मून्दडा,पूर्व अध्यक्षहरु महेश कुमार जाजू,पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष अनुपम राठी र महासचिव अनिल सारडा सहितले अर्थ मन्त्रालयमा भेट गरी आर्थिक मेरुदण्डको रुपमा रहेको उद्योग÷व्यवसाय क्षेत्रको हक हितका लागि आगामी बजेटमा सम्बोधन आग्रह गरिएको छ।

सङ्घघद्वारा तयार पारिएको सुझाव पत्रमा उद्योग÷व्यवसायको उत्थान एवं मुलुकको व्यापार घाटा कम गर्न मन्त्रालयले गर्नु विषयहरु समेटिएको छ।

प्रतिक्रिया