रूसी सैन्य बिमानचालक अमानवीय हुन ;जेलेन्स्की

इनेप्लिज २०७८ चैत ८ गते १:३० मा प्रकाशित

मंगलबार बिहान एक अङ्कियदृश्य (भिडियो) मार्फत युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी सैन्य बिमानचालकहरूलाई अमानवीय भनेका छन।

उनले बिमानचालकलाई उनीहरुको हृदय छैन । हृदय र आत्माको सट्टामा उनीहरुसंग शुन्य छ।

प्रमाणहरू पेश नगरी जेलेन्स्कीले रूसी सेनाले मंगलबार जटोमर क्षेत्रमा प्रक्षेपास्त्रहरू प्रहार गरेको र एक रूसी विमान चुहिभ नजिकै खार्किभ क्षेत्रमा खसालेको दाबी गरे।

हाम्रो सेनाले पहिले नै यति धेरै रूसी विमान र उदग्र्बिमानहरू खसालिसकेको छ ,उनले दाबि गरे ।

जेलेन्स्कीले आफ्नो स्वतन्त्रताको लागि हतियार बिना सडकमा शान्तिपूर्ण रूपमा निस्केका मानिसहरूलाई कब्जा गर्नेहरूले गोली हानेको बताए ।

रुसी सिपाहीहरूलाई स्वतन्त्र हुनु कस्तो हुन्छ भन्ने पनि थाहा छैन ,उनले आरोप लगाए ।

जेलेन्स्कीले भने जापोरिजिया क्षेत्रमा नागरिकहरू आक्रमण हुँदा आगलागीमा परे । “चार बालबालिकालाई अस्पतालमा भर्ना गरिएको छ । दुईको अवस्था गम्भीर छ,” उनले भने।

राष्ट्रपतिले सोमबार ८,००० भन्दा बढी व्यक्तिको उद्धार गरिएको बताउँदै निकासी मार्गमा मद्दत गर्न काम गर्ने सबैलाई धन्यवाद दिए । हामीले २०० टन मानवीय सहायता पनि पुर्‍याउन सफल भयौं, उनले भने।

प्रतिक्रिया