युक्रेनको सुमी शहरका गभर्नरले क्षतिग्रस्त कारखानामा रासायनिक चुहावट भएको चेतावनी दिएका छन् ।
सोमबार बिहान उत्तरपूर्वी युक्रेनको सुमीका गभर्नरका अनुसार रुसी गोलाबारीबाट क्षतिग्रस्त रासायनिक प्लान्ट(कारखान)मा एमोनिया चुहिरहेको बताए । जसको कारण उक्त सुविधाको वरिपरि १.५ माइल (२.५ किलोमिटर) क्षेत्र दूषित गरिरहेको उनले जनाएका छन ।
उनले आफ्नो सामाजिक संजाल अनुहार किताव (फेसबुक) र सरकारी टेलिग्राम संचार माध्यममा उक्त चुवाहटको समाचार प्रकाशित गरेका छन् । प्रकाशित गरिएका समाचारहरूमा डिमिट्रो ज्वाइत्स्कीले नोवोसेलिट्सियाको गाउँ जोखिममा रहेको चेतावनी दिएका छन् ।
हावाको दिशाका कारण सुमी शहर प्रभावित नहुने उनले बताए ।
कारखाना (प्लान्ट)को आपतकालीन कर्मचारीहरू र राज्य आपतकालीन सेवाले चुहावटलाई रोक्ने र अन्य उपायहरु गरि रहेका छन् ,डिमिट्रोले भने ।
प्रतिक्रिया