युक्रेनमा रुसी आक्रमण जारी हुदै गर्दा उत्तर कोरियाले समुद्रमा तोप प्रहार

इनेप्लिज २०७८ चैत ६ गते ११:३८ मा प्रकाशित

युक्रेनमा रुसी आक्रमण जारी हुदै गर्दा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपणको केही दिनपछि समुद्रमा तोपहरू प्रहार गरेको छ । उत्तर कोरियाले नयाँ क्षेप्यास्त्र प्रणाली विकास गरिरहेको अमेरिकी अधिकारीले बताएका छन् ।

एक वरिष्ठ अमेरिकी अधिकारीले उत्तर कोरियाले नयाँ अन्तर-महादेशीय प्राक्षेपिक क्षेप्यास्त्र प्रणालीमा काम गरिरहेको दाबी गरेका छन भनि एबिसीन्यूजले समाचार प्रकाशित गरेको छ ।

उत्तर कोरियाले आइतवार समुद्रमा संदिग्ध तोपका टुक्राहरू प्रहार गरेको दक्षिण कोरियाको सेनाले बताएका छन् । उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र प्रक्षेपण असफल भए पछि परीक्षणको गतिविधी संचालन गरेको बताएको छ ।

उत्तर कोरियाले चाँडै आफ्नो हतियारलाई सशक्त बनाउनको लागि सबैभन्दा लामो दूरीको ब्यालिस्टिक मिसाइल(प्राक्षेपिक क्षेप्यास्त्र) प्रक्षेपण गर्ने प्रयास गर्न सक्छ र वार्ता रोकिएको अवस्थामा संयुक्त राज्य अमेरिकालाई सहुलियत लिन दबाब दिन सक्ने अनुमान गरिएको अधिकारीहरुले बताए ।

दक्षिण कोरियाको सेनाले गत बुधबार उत्तर कोरियाको मध्यआकाशमा क्षेप्यास्त्र विस्फोटमा आफ्नो सबैभन्दा ठूलो हतियार ह्वासोङ-१७ क्षेप्यास्त्रका अंशहरू समावेश भएको सुझाव दिएको थियो।

आइतवार, दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियाको पश्चिमी तटमा धेरै रकेट (प्रक्षेपास्र )प्रक्षेपण प्रणालीहरूबाट सम्भवतः गोलाबारी भएको पत्ता लगाएको बताए। सेनाले उत्तर कोरियाको कदमलाई नजिकबाट नियालिरहेको र आफ्नो तयारी कायम राखेको मन्त्रालयले जनाएको छ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले एक छुट्टै विज्ञप्ति निकाली  “छोटो दूरीको तोप प्रक्षेपण ” भनेर छलफल गर्नको लागि आपतकालीन राष्ट्रिय सुरक्षा परिषद् बैठक गरेको छ।

 

प्रतिक्रिया