दिल्पेश्वर मठ दिपायल डोटी

इनेप्लिज २०७८ चैत ४ गते ९:४१ मा प्रकाशित

जिल्ला डोटी दिपायल सिलगढी नगरपालिका वडा नं ३ दिपायल स्थित सेति नदिको किनारमा अवस्थित त्रेतायुगको राजा दिलिपको तपस्या स्थल छ । राजा दिलिपको नामबाट यो ठाउँको नाम दिपायल नाम रहेको किमदन्ति पनि छ । राजा दिलिपले भगवान शिवको लिङ्ग स्थापना गरेर तपस्या गरेको ठाउँ दिपायल एयरपोर्ट नजिकै रहेको र उक्त स्थानमा  शिव भक्तहरु आएर दर्शन गर्छन जसलाई दिल्पेश्वर मठको नामले चिनिन्छ । यहाँ बिभिन्न ठाउँबाट सन्त माहात्माहरु तथा भक्तजनहरु मन्दिरको दर्शनको लागि आउछन। बिभिन्न संकट र महामारिको समयमा पनि यहाँको शिव लिङ्गलाई पुजाआजा गरेमा मनोकामना हुने जन विश्वास रहेको छ । त्रेता युगमा राजा दिलिपले तपस्या गरेको ठाउँ भनेर दिपायलको यो मठलाई चिनाउछ । राजा दिलिपले शिबलिंगको स्थापना गरी पुजा आजा गर्ने गरेको ठाउ अहिले दिल्पेश्वर महादेवको मन्दिर भनेर चिनिन्छ। यो मन्दिर धार्मिक स्थल मात्र नभएर यहाँको पहिचान हो।यहाँ मन्दिरको दर्शन र पुजा आजा गर्न बिभिन्न स्थानहरु बाट भक्तजनहरु आउछन ।नजिकैमा रहेको बासुधारा (भगबान बासुदेव बस्ने स्थल जहाँ बाईस वटा धारा रहेको थियो भन्ने किमदन्ति रहेको छ )  तिर्थ स्थलमा नुहाएर यस मन्दिरमा पुजा आजा गर्नाले पापहरु नास हुनका  साथै मनोकामना पुरा हुने जनविश्वास छ।मकर सङ्क्रान्ति ,शिबरात्री आदि पर्वहरुमा महास्नान,रुद्रि पाठ गरि भजन किर्तन गर्ने चलन छ।

हरिद्धार भन्दा पुरानो र छुटै पहिचान बोकेको यो स्थलको संरक्षण र सम्बर्धन गर्नुपर्छ।यस क्षेत्रको महिमाको प्रचार प्रसार गरेर बाह्य पर्यटकहरु भित्र्याउन सकेमा यो क्षेत्रको विकासले फड्को मार्ने थियो।शंरक्षणको अभावमा यि धार्मिक तथा सास्कृतिक स्थलहरु मासिदै गएका छन । निकै पुराना धार्मिक स्थल, पुरातात्विक महत्व बोकेको स्थल भएकोले  यो मठ संरक्षण गर्न आवश्यक छ । यसको संरक्षणमा सरोकारवाला सबैको चासो जान आवश्यक छ । पुरातात्वकिक महत्व तथा पर्यटकिय सम्भाबना बोकेका यो स्थानको प्रचार पसार गर्न सकेमा स्वदेशि तथा बिदेशि पर्यटकहरु ल्याउन तथा यसको संरक्षणमा सरोकारवाला सबैको चासो हुन आवश्यक छ ।

गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी,नेपाल

प्रतिक्रिया