युक्रेनको खार्किभ नजिकमा रुसले गरेको आक्रमणमा २१ जनाको मृत्यु

इनेप्लिज २०७८ चैत ३ गते १६:५० मा प्रकाशित

युक्रेनको खार्किभ शहर  नजिकैको गोलाबारीमा २१ जनाको मृत्यु भएको अभियोजकको कार्यालयले जनाएको छ।

युक्रेनी क्षेत्रिय अभियोजकको कार्यालयका अनुसार खार्किभबाट करिब २५ किलोमिटर (लगभग १५ माईल) दक्षिणपश्चिममा रहेको मेरेफा शहरमा रुसी सेनाले गोलाबारी गर्दा कम्तिमा २१ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन्।

स्थानीय समय अनुसार बिहान ३:३० मा भएको आक्रमणले एउटा विद्यालय र एउटा कला क्लबलाई ध्वस्त पारेको अभियोजकको कार्यालयले जनाएको छ। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको सिएनएनले समाचार लेखेको छ।

युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा गत महिना आक्रमण सुरु भएदेखि नै रुसको गोलाबारीमा नागरिक लक्ष्यहरू प्रभावित भएका छन्।

प्रतिक्रिया