विराटनगर,११ फागुन।किशोर किशोरीहरुलाई महिला अधिकार,वाल अधिकार तथा लैङ्गिक हिंसा विरुद्ध न्यूनिकरण अभियान अन्तर्गत १२ दिने तालीम आज यहाँ सम्पन्न भएको छ।
साझा सवालको लागि साझा मञ्च(कोकन) र भिएसएन नेपालद्वारा संयुक्त रुपमा आयोजित तालीममा प्रदेश नं १ का विराटनगर महानगरपालिका,उदयपुर र ओखलढुंगाका २४ जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो।
सहभागीहरुलाई विभेदपूर्ण सामाजिक मान्यताहरु र अभ्यासहरुलाई चुनौति दिन नव विवाहित दम्पति लैङ्गिक रुपमान्तरण्का पद्धति अपनाई,परिवार महिला तथा पुरुषसँग पारिवारिक÷सामुदायिक सम्वाद गर्ने,लैङ्गिक रुपान्तरणका लागि सिकाई पद्धतिमा सहभागिता गराउदै सहजीकरण गर्ने सहजीकरण गरिएको थियो।
यसैगरी धार्मिक तथा सामुदायिक अगुवाहरु, वुद्धिजीवहरु र अन्य प्रभावशाली नेतासँग लैङ्गिक समानताका लागि आलोचनात्मक चिन्तन र अभियानमा सहजीकरण तथा सम्वाद गर्ने र लैङ्गिक हिंंसा विरुद्धको राष्ट्रिय÷अन्तर्राष्ट्रिय दिवसका अवसरमा पैरवीमुलक अभियान सञ्चालनमा समन्वय र सहजीकरण गर्ने तालीम प्रदान गरिएको थियो।
सो अवसरमा सहभागी किशोरी उदयपुरकी रेनुका राईले लैङ्गिक हिंंसा रोकथामका लागि सहज जानकारी प्राप्त भएको र समाज, गाउँघरमा यसलाई अभियानको रुपमा सञ्चालन गर्ने जानकारी दिनु भयो।
कोकनका निर्देशक कोषराज न्यौपाने,मोरङ अध्यक्ष मन्जिता उपाध्याय,भिएसओ नेपालका निर्देशक सुनिल साह,नेपाल पत्रकार महासङ्घका सचिव नेत्र पि अधिकारी र सहभागी किशोर आकाश घिमिरेले सहभागीहरुले पहाडी र तराई क्षेत्रमा लैङ्गिक हिंसा न्यूनियनकरण गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त्त गर्नु भयो।
कोकनले आगामी तीन वर्षभित्र प्रदेका ४० विद्यालयका १३ देखि १७ बर्षसम्म उमेरका चार हजार ८०० किशोर किशोरलाइ महिला हिंसा न्यूनियनकरण सम्वन्धमा तालीम दिने लक्ष्य लिएको छ।
प्रतिक्रिया