विराटनगर,१९ माघ।प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्गलाई मधेशी आयोगले आर्थिक बर्ष २०७७÷७८ को बार्षिक प्रतिवेदन आज यहाँ वुझाएको छ।
प्रदेश प्रमुख खापुङ्गलाई आयोगका सदस्य रेणुदेवी साहले नेपालको संविधानको धारा २९४ एवं मधेशी आयोग ऐन २०७४ को दफा २२ बमोजिम आव २०७७÷७८ मा सम्पादन गरेको कामसँग सम्बन्धित तेस्रो बार्षिक प्रतिवेदन हस्तान्तरण गर्नु भएको हो।
सो अवसरमा प्रदेश प्रमुख खापुङ्गले मधेशको समस्या मधेशको मात्र नभएर सबैको साझा समस्या भएकाले देश,सरकार,समाजले एकजुट भएर समाधान गर्नुपर्ने बताउनु भयो।
उहाँले आयोगले आफ्नो दायित्व जिम्मवारीपूर्वक निभाएकोमा प्रशंसा व्यक्त्त गर्दै यस क्षेत्रको समस्यामा समाधान लागि सम्पूर्ण राष्ट्रि एकतावद्ध भएर अगाडि वढ्नु पर्नेमा जोड दिनु भयो।
उहाँले प्रतिबेदन निर्माणले आयोगलाई बलियो बनाएको चर्चा गर्दै विधिधतामा एकता कायम गरी अखण्ड नेपाललाई सुदृढ गरी मुलुकको आर्थिक समृद्धि र विकास निर्माणमा अगाडि वढ्नु अहिलेको आवश्यक्ता रहेको छ भन्नु भयो।
प्रदेश प्रमुख कार्यालयका सचिव तुलसी राम सेढाईले संविधानको मर्म अनुसार आयोगले प्रदेशस्तरीयस्तरीय प्रतिवेदन निर्माण गरेमा समस्या समाधान गर्न सहज हुने विश्वास व्यक्त्त गर्नु भयो।
आयोगका सदस्यहरु रेणीदेवी र जीवछ साहले कर्मचारी र बजेटको अभावमा प्रदेशस्तरीय कार्यालय स्तरीय कार्यालय स्थापना गर्न नसेकेको बताउँदै आगामी दिनमा प्रदेशस्तरीय प्रतिवेशन निर्माण गर्ने र मधेश प्रोफाइल,डकुमेन्ट्र,रेडियो जिंगल र मधेशी थर सूचिकरण गर्ने सम्बन्धमा पालिकास्तरमा पत्राचार गरेको जानकारी गराउनु भयो।
आयोगको प्रतिवेदनमा आव २०७७÷७८ मा महिला हिंसा,घर झगडा,भ्रष्टाचार, खुल्ला सीमा,व्यापार लगायतका चार सय उजुरी मध्ये ४६ प्रकार उजुरी समाधानका लागि कार्यान्यनमा पहल गरेको उल्लेख गरिएको छ।
प्रतिक्रिया