काठमाडौं।कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्नेहरुलाई सरकारले आजदेखि बुस्टर डोज खोप लगाउँदैछ।खोप लगाएको ६ महिना पुगेका अग्रपङ्क्तिमा खटिने सबैले नजिकको खोप केन्द्रबाट बुस्टर डोज लिन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी,सबै सुरक्षाकर्मी,सञ्चारकर्मी,सार्वजनिक फोहर सङ्कलक,सरसफाइकर्मी,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरू लगाउतले बुस्टर डोज लगाउन पाउनेछन् यस्तै आउँदो १४ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई समेत बुस्टर डोज खोप लगाउने तयारी मन्त्रालयले गरेको छ।
यस्तै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसको पढाइ माघ १० गतेसम्म बन्द हुने भएको छ।कोरोना संक्रमणलाई नियन्त्रण गर्न पढाई बन्द गर्ने निर्णय गरिएको त्रिविले जनाएको छ।पढाइ बन्द हुने भए पनि यसअघि नै तय गरिएका र हाल सञ्चालनमा रहेका परीक्षा भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने जनाइएको छ।
प्रतिक्रिया