काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कल्याण गुरुङ,प्रदीप पौडेल र जीवन बहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनित गर्नुभएको छ।तीनै जना १४ औं महाधिवेशन पदमा पराजित हुनुभएको थियो।
गुरुङ सभापतिमा,पौडेल महामन्त्रीमा र शाही सहमहामन्त्री पदमा उम्मेदवार हुनुहुन्थ्यो।सभापति देउवाले हिजो १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिसक्नुभएको छ। कांग्रेसको विधानमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने प्रावधान छ।१४ औं महाधिवेशनबाट १३४ जना निर्वाचित भएका थिए।यसैबीच,सभापति देउवाले भोलि दिउँसोका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउनुभएको छ।१४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको दोस्रो बैठक बस्न लागेको हो।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि दिउँसो दुई बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिनुभयो।कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक अघिल्लो शनिबार बसेको थियो।
प्रतिक्रिया