तालिबान समूहद्वारा विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध

इनेप्लिज २०७८ पुष ८ गते ११:१७ मा प्रकाशित

एजेन्सी।अफगानिस्तानमा तालिबान समूहले विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध लगाएको छ।मुख्य गरी काबुल सहरमा ‘साइनबोर्ड’ मा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाइएको हो।

काबुलमा रहेका व्यवसाय तथा व्यापारिक केन्द्रका साइनबोर्डमा देखिने महिलाको सबै फोटो हटाउन स्थानीय सरकारलाई आदेश दिएको टोलो न्युजले उल्लेख गरेको छ।

सरकारको यो निर्णयले आफूलाई आर्थिक तथा व्यावसायिक सङ्कट पर्ने काबुलकी एक सौन्दर्य व्यवसायी शायस्ता सैफीले बताएकी छन।महिला अधिकारकर्मीले पनि सरकारको निर्णयले महिलालाई सामाजिक उत्तरदायित्वबाट पछि पार्ने काम भएको टिप्पणी गरेका छन्।अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई महिला अधिकारको उपेक्षा नगर्न आह्वान गर्दै आएका छन्।

उनीहरूले तालिबान समूहले आफ्नै प्रतिबद्धतालाई उल्लङ्घन गर्दै आएको आरोप लगाएका छन्।

प्रतिक्रिया