अध्यावधिक : २ हजार १ सय मत गनिसक्दा देउवाकै अग्रता

इनेप्लिज २०७८ मंसिर २८ गते १:१० मा प्रकाशित

मतगणना देखि अहिले सम्म सभापति शेर बहादुर देउवाले नै अग्रता लिई रहेका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाको अग्रता कायम रहेको हो ।

अहिले सम्म २ हजार १ सय मत गनिसक्दा देउवाले ९ सय ९१ मत पाएका छन् । सभापतिका अर्का उम्मेदवार डा शेखर कोइरालाले ७ सय ६२ र प्रकाशमान सिंहले १ सय ७४ मत प्राप्त गरेका छन् ।

त्यस्तै विमलेन्द्र निधिले १ सय २७ मत प्राप्त गर्दा कल्याण गुरुङले ७ मत मात्र प्राप्त गरेका छन् ।

निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो ।

सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७ सय ४३ प्रतिनिधि मध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।

प्रतिक्रिया